समाज

काठमाडौंको गेष्ट हाउसमा महिला-पुरूष मृत फेला

Banner

काठमाडौं, साउन १८-

काठमाडौंको एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन्।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ९ शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा पुरूष बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए।

शुक्रबार मध्याह्न १२ बजे होटलको मान्छे खाना खाने र नखाने भनेर बुझ्न पुगेका थिए। तर लामो समयसम्म पनि ढोका खोलेका थिएनन्। ढोका नखोलेपछि १ बजेतिर प्रहरीलाई खबर भएको थियो।

घटनाबारे थप अनुसन्धान अघि बढाएको एसपी अधिकारीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>