राजनीति

एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो

Banner

काठमाडौं, साउन १८-

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।

आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बुधबारको बैठकले केन्द्रीय सदस्यको नाम छान्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यादल गठन गरेको थियो ।

आजको बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याउने तयारीका लागि बैठक सारिएको हो । “सकेसम्म आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता पाउनेछ,” नेता सोमप्रसाद पाण्डेले भने, “बैठक ३ बजेका लागि सारेर छलफल भइरहेको छ ।”

एकीकृत समाजवादीको महाधिवेशनले २९९ कमिटीमध्ये ९३ सदस्यमात्र सर्वसम्मत छानेको थियो । बाँकी २०६ जना टुंगो लगाउन लागिएको हो ।

एकीकृत समाजवादीले १५ प्रतिशत मनोनय गर्ने तयारी समेत रहेको छ । त्यसो हुुदाँ केन्द्रीय सदस्य ३४४ सदस्यीय हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>