विज्ञान/प्रविधि

आईफोन १६ प्रो र प्रो म्याक्स भारतमा पनि बन्ने

Banner

काठमाडौँ, साउन १८–

अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा पनि आईफोन १६ को प्रो र प्रो म्याक्स मोडल एसेम्बल गर्ने भएको छ । एप्पलले आफ्नो उत्पादक साझेदार फक्सकनसँग मिलेर भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स उत्पादन गर्ने भएको हो ।

गत वर्ष भारतमा एप्पलका आईफोन १५ र १५ प्लस पनि उत्पादन भएका थिए । भारतको तामिल नाडु राज्यमा रहेको श्रीपेरुम्बुदुरमा रहेको फक्सकनको कारखानाले नयाँ मोडलका आईफोन उत्पादन गर्ने तयारी गरिरहेको स्रोतलाई उद्धृत गर्दै मनीकन्ट्रोलले जनाएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १६ बजारमा ल्याउने तयारी गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>