तनहुँ

अविरल वर्षाका कारण एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

Banner

दमौली (तनहुँ), भदौ ३१ –

अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ ।

प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ ।

गए राति खोल्सीमा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र १० वटा कच्ची घरमा पसेको थियो । घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>