अर्थ
सुनको मूल्य प्रतितोला एक हजार ७००ले वृद्धि
०

काठमाडौँ, भदौ ३१ –
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० कायम थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























