खेलकुद
भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
०

काठमाण्डौ, साउन १८–
भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु हुनेछ । भारतीय टोलीको कप्तानी रोहित शर्मा र श्रीलङ्काको कप्तानी चरित असालान्काले गर्दैछन् ।
यसअघि श्रीलङ्कासँगको टी–२० शृङ्खलामा भारतीय टोलीको कप्तानी सूर्यकुमार यादवले गरेका थिए । तीन खेलको टी–२० शृङ्खला भारतले ३–० ले क्लिन स्वीप गरेको थियो । एक दिवसीय खेलको दोस्रो खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























