राजनीति

हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने/नजाने परिस्थितिले निर्माण गर्छः लिङ्देन

Banner

काठमाडौं, साउन १७-

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने/नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् ।

पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए ।

उनले भने, ‘हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने हो । हाम्रो चाहनाले पनि बन्दैन । हाम्रो गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा के महत्त्व हुन्छ नहुँदा के हुन्छ भन्ने पार्टीले विश्लेषण गरेर गर्छ, व्यक्तिगत चाहनाले होइन। सरकारमा पनि आवश्यकता अनुसार सहभागी हुन्छौ ठिक लागेन भने बाहिरिन्छौँ ।’

उनले कोशी प्रदेशमा सभामुख लिने आफ्ना चाहना नहुँदा नहुँदै पनि लिइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>