चितवन विशेष
भरतपुर निर्माणमा रेनु दाहाल विषयक वक्तृत्वकला प्रतियोगिता हुने

चितवन, साउन १६-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरेका निर्माणका काममा बारेमा वक्तृत्वकला प्रतियोगिता हुने भएके छ । कपुरबोट मिडियाको आयोजनामा खुल्ला डिजिटल माध्यमको रुपमा प्रतियोगिता गर्न लागिएको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईको छ ।
खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् । कपुरबोट मिडिया प्रालिका अध्यक्ष देउजाका अनुसार प्रथम पुरस्कार नगद १ लाख, द्वितिय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार र सान्तवना पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिनेछ । भाद्र १५ गतेसम्म भिडियो पठाईसक्नुपर्नेछ । यो प्रतिस्पर्धामा सहभागी हुनका लागि भिडियो कम्तीमा ३ देखि बढिमा ७ मिनेटसम्मको हुनुपर्नेछ । यस प्रतियोगिताको निर्णायकमा चिकित्सक डा.भोजराज अधिकारी, पर्यटनविज्ञ डा.विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहनुभएको छ ।

























