अन्तर्राष्ट्रिय

इजरायलद्वारा लेबनानमा हवाई आक्रमण, हिजबुल्लाह कमाण्डर मारिए

Banner

लेबनान, साउन १६-

इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । सो आक्रमणमा हिजबुल्लाहका कमाण्डर फुआद शुकर मारिएको इजरायलले जनाएको छ । इजरायली हवाई आक्रमण लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको जनाइएको छ ।

गएको शनिबार इजरायल अधिनस्थ गोलान हाइटमा भएको आक्रमणमा शुकरको हात रहेको इजरायली दाबी छ । सो आक्रमणमा फुटवल मैदानमा रहेका १२ बालबालिका मारिएका थिए । यद्यपि हिजबुल्लाहले भने सो आक्रमण आफूले गरेको भन्ने कुरा अस्वीकार गरेको थियो ।

लेबनानका प्रधानमन्त्री नजीब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेख्दै इजरायली आक्रमणलाई आपराधिक कदम भएको जनाएका छन् । उनले यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत जनाएको बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>