समाचार

हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी नगर्न अनुरोध

Banner

काठमाडौँ, साउन १५-
वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षाबारे अनावश्यक टिकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै सुरक्षाजस्तो संवेदनशिल विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टिकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले निर्दिष्ट गरेको प्रावधान अनुरुप सङ्घ र यसका सदस्य वायुसेवा कम्पनीहरु तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई सुरक्षाप्रति सङ्घ र प्राधिकरण सदैव प्रतिबद्ध रहेको जनाउँदै भ्रमपूर्ण टिकाटिप्पणीप्रति विश्वास नगर्न अपिल गरेको छ । दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने सङ्घले स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>