अपराध

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका अभियुक्त १५ वर्षपछि पक्राउ

Banner

बुटवल, साउन १५-

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भई फरार रहेका एक व्यक्तिलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ।

रूपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ६ बस्ने मोइल भन्ने मुवारक मिर मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो।

जबरजस्ती करणी मुद्दामा २०६६ साल फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले मुसलमानलाई १० वर्ष कैद सजाय तोके पनि उनी फरार थिए। गाउँमै लुकीछिपी बसेका मुसलमानलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता मनोहर भट्टले इलाका प्रहरी कार्यालय धकधईको टोलीले सोमबार मुसलमानलाई पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला अदालत रूपन्देहीमा पेश गरेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>