खेलकुद
पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार
०

काठमाडाैं, साउन १५-
नेपालका प्रिन्स दाहालले जारी पेरिस ओलम्पिकमा लगातार दोस्रो हार बेहोरेका छन् ।
समूह ‘पी’ अन्तर्गतको खेलमा प्रिन्सलाई आयरल्यान्डका हात गुएनले २१–७ र २१–५ को सोझो सेटमा पराजित गरेका हुन् ।
प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।
अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























