नवलपरासी

नवलपरासीमाको हर्दीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

Banner

नवलपरासी, साउन १४-

पश्चिम नवलपरासीमाको पाल्हिनन्दन गाउँपालिका-५ हर्दीमा सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ । हर्दीका स्थानीय उमेश बढईका २० वर्षीय छोरा सुतिरहेको अवस्थामारोशनकुमार भन्ने सूर्यकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले सुतिरहेको अवस्थामा सूर्यकुमारको घाँटीमा धारिलो हतियार प्रहार भएको जानकारी दिए। डिएसपी बोहोराका अनुसार सोही कोठामा उनका १६ वर्षीय भाइ पनि सुतेका थिए। तर उनले घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ।

आज (सोमबार) बिहान ५ बजेतिर हत्या भएको थाहा पाएपछि प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव पृथ्वी चन्द्र अस्पतालमा पठाएको छ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>