चितवन विशेष

चितवनमा दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाइते, एकको अवस्था गम्भिर

Banner

चितवन, साउन १४-

चितवनमा आइतवार दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

कालिका नगरपालिका–३ ठूलोखाने भन्ने ठाउँमा आइतवार बेलुका ५ बजे मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कालिका–९ बाट पूर्वतर्फ आउदै गरेको प्र०३–०३ प १६६० नम्बरको मोटरसाइकल र लामा चोकबाट जंगल भ्यु टावर जाँदै गरेको ना ४२ प २११४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जना घाइते भएका हुन् । त्यसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेमा प्र०३–०३ प १६६० नम्बरको मोटरसाइकल चालक ईच्छाकामना गाउँपालिका–७ बस्ने वर्ष ४० को उदय गुरुङ (अवस्था मध्यम), सोही मोटरसाइकल पडाडि सवार वर्ष ४७ को लक्ष्यराम चेपाङ (सामान्य), ना ४२ प २११४ नम्बरको मोटरसाइकल चालक ईच्छाकामना गाउँपालिका–७ बस्ने वर्ष ३५ को राम बहादुर गुरुङ (मध्यम) र सोही मोटरसाइकल पछाडि सवार अन्दाजी ३४ वर्षीय प्रकाश मगर (गम्भिर) रहेका छन् ।

त्यस्तै, आइतवार बेलुका साढे ६ बजेको समयमा भरतपुर महानगरपालिका–७ बुद्धचोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

ना ५२ प ४२१५ नम्बरको मोटरसाइकलले पैदल यात्री बुद्धचोक बस्ने वर्ष १२ को सुजित गुरुङलाई ठक्कर दिँदा गुरुङको टाउको र चिउडोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक भरतपुर–७ बस्ने वर्ष २८ को किरण ढकाललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>