चितवन विशेष

कालिकामा शिक्षाको गुणस्तर सुधार गर्न प्रशिक्षण

Banner

चितवन, साउन १४-

चितवनको कालिका नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका प्राधानाध्यापक र सह–प्राधानाध्यापकहरुलाई मेडिटा टोइन एण्ड मोटिभेसन फर विलिसफुल लर्निङ्ग सम्बन्धि प्रशिक्षण दिएको छ । शैक्षिक गुणस्तर सुधार र पढाईप्रति विद्यार्थीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने उद्धेश्यले प्रशिक्षण दिईएको हो ।

कार्यक्रममा मोटिभेसनकर्ता आचार्य महेन्द्र बशिष्ट र आचार्य बिबेक बिनयीले सहजिकरण गरे । नगरपालिकाभित्र सञ्चालित समुदायिक तथा संस्थागत विद्यालयका प्राधानाध्यापक र सह–प्राधानाध्यापकहरुले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । कालिकामा समुदायिकतर्फ मावि ८ वटा, आभारभूत २७ वटा गरी ३५ वटा विद्यालय छन् भने संस्थागततर्फ मावि ६ वटा, आभारभूत ५ वटा गरी ११ वटा विद्यालय सञ्चालनमा छन् ।

सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिनोद रेग्मी रहेका थिए ।

नगर प्रमुख रेग्मीले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा त्यसको जड पत्ता लगाउने लक्ष्यका साथ शैक्षिक बहस गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा राज्यको करोडौँ लगानी छ, उच्च शिक्षा हासिल गरेका र तालिमप्राप्त शिक्षकको व्यवस्था छ । तर विद्यालयमा विद्यार्थी संख्या घटिरहेको छ । कतिपय कक्षा रित्तो बन्ने अवस्थामा पुगेको छ । बाँकी विद्यार्थीलाई रोक्ने वातावरण बन्न सकेन भने केही वर्ष पछि विद्यालय नै रित्तो बन्ने अवस्था आउने सङ्केत देखिन थालेका छन्’, उनले भने ।

विद्यार्थीको क्षमता विकास हुन नसकेको भन्दै उनले समुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार र पढाई प्रति विद्यार्थीहरुलाई आकर्षित गर्न प्रशिक्षण कार्यक्रम गरिएको बताए । शिक्षा क्षेत्रको सुधारका निम्ति ठोस योजना बनाएर अघि बढ्ने नगर प्रमुख रेग्मीले बताए । यही वर्षको बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ शिक्षाको गुणस्तर सुधार कार्यक्रम ल्याइएको उनको भनाई थियो ।

उपप्रमुख बिमला तामाङले विद्यार्थीको मनोबल उच्च बनाउँदै शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीले उठाएका समस्याको छिटोभन्दा छिटो समधान गर्न पहल गरिने बताइन् । विद्यालयको गुणस्तर सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडी बढाउने गरी कार्यक्रम ल्याइनेछ उनको भनाईछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>