चितवन विशेष

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ

Banner

चितवन, साउन १३-

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले माडि नगरपालिका वडा नम्बर ३का ६६ बर्षिय राम महत्तोलाई साउन १३ गते पटिहानीबाट पक्राउ गरेको हो ।

२०६६ साल असार १ गते जिल्ला अदालत चितवनले महत्तोलाई अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार रहेका उनलाइ लुकी छिपि बसेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटिहानीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । अहिले उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत चितवनमा उपस्थिती गराईएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>