चितवन विशेष

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा शिवघाटको भंगेरीथानमा फुटबल प्रतियोगिता हुँदै

Banner

चितवन, साउन १३-

भरतपुर महानगरपालिका १६ ब्रम्हपुरमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शिवघाटको भंगेरीथान मैदानमा साउन १८ गतेदेखि भाद्र ३ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।

ब्रम्हपुर युथ क्लबको आयोजनामा र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको मा ४० टोली सहभागी हुने आज (आइतबार) भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५० हजार, बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको गुरुङले बताए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले प्रतियोगिताको सफलताको कामना गरे । शिवघाट क्षेत्र पर्यटकीय क्षेत्रको रुपपा बिकास भइरहेको भन्दै उनले यस प्रतियोगिताले त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले प्रतियोगिताको सफलताको कामना गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>