चितवन विशेष
चितवनका एकसहित सीटीईभीटीको छात्रवृत्ति परीक्षा दिने ५ नक्कली परीक्षार्थी पक्राउ
०

चितवन, साउन १२-
हेटौंडाबाट चितवनका एकसहित ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको निःशुल्क (छात्रवृत्ति) तहको परीक्षा दिने पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भरतपुर महानगरपालिका ८ का रुपेश यादव, बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।
उनीहरुले हेटौंडाको भुटनदेवी माविमा संचालन भइरहेको परीक्षामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।