चितवन विशेष

चितवनको कालिकामा खोलाले बगाएर एक जनाको मृत्यु

Banner

चितवन, साउन ११-

चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।

आज (शुक्रवार) बिहान ६ः२० बजेको समयमा खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>