राजनीति
प्रधानमन्त्रीले लिए घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्थाबारे जानकारी
०

काठमाडौँ, साउन ९-
प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुगेर घाइते क्याप्टेनको स्वास्थ्यावस्थाबारेमा बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले उहाँको उपचारमा संलग्न चिकित्सक र परिवारजनसँग समेत कुराकानी गर्नुभएको थियो ।
सौर्य एयरलाइन्स आज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























