चितवन विशेष

बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला

Banner

चितवन, साउन ९-

भरतपुर महानगरपालिका–६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला परेकी छन् । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो ।

उक्त शव नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको श्रीमती ३३ वर्षीय ब‌विता भट्टको भएको प्रहरीले बताएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>