खेलकुद

मलेसियामा नेपाली तेक्वान्दो खेलाडीलाई १० पदक, खैरहनी–१० का सन्तोषलाई रजत

Banner

मलेसिया, साउन ८–

मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ स्वर्ण र ३ रजत गरी जम्मा १० पदक जित्न सफल भएका छन् ।

मलेसियाको सेलाङ्गोर राज्यको केलाङ शहरको स्पलेन्ड मलमा भएको खेलमा नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै १० पदक जित्न सफल भएका हुन् । नेपाली खेलाडीहरुमा नारायण नहर्की, अब्बास अन्सरी, मनिष पौडेल, सुजल कंडेल, दर्शन बराल, रिशभ शर्मा र प्रयाद ढकालले स्वर्ण पदक जित्न सफल भएका हुन् भने पूर्वीचितवनको खैरहनी–१० का हेम प्रसाद भट्ट (सन्तोष), सुजन रोका र जुनेत खानले रजत पदक जितेका हुन् ।

नेपालबाट मलेसियामा पुगेका १६ जनाको जम्बो टोलिमा १२ खेलाडी सहित टिम म्यानेजर आशिष घिमिरे, रेफ्री उमर खान र प्रशिक्षक द्वय रोशन खान र कमल भट्टराई प्रशिक्षक रहेका थिए । रोशन खान तेक्वान्दो चितवन जिल्लाको प्रशिक्षक पनि हुन् ।
आईतबार सम्पन्न खेलमा मलेसिया, नेपाल, जापान, ईन्डोनएसिया, ब्राजिल, चाईना, ताईवान, भारत गरी ८ देशको सहभागीता रहेको थियो।

त्यस्तै खेल पश्चात् पत्रकारहरुसँग प्रशिक्षक खानले अहिले सम्म नेपालमा स्थानीय तह, प्रदेश र संघीय सरकारले विश्वभरी देशको नाम चिनाउने खेलाडी अथाह खेल्कुद भए पनि अहिले सम्म खेल्कुद क्षेत्रमा जति बजेट पाउनु पर्ने पर्याप्त बजेट नपाएकोले नेपाली खेलाडी पछि परेको गुनासो गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>