राजनीति

विद्युत् महसुलबारे प्रधानमन्त्रीले झुट बोल्नुभयोः सांसद दाहाल

Banner

काठमाडौँ, साउन ७-

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले विद्युत् महसुलबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमै झुट बोलेको बताएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले विद्युत् महसुल नतिर्ने तर अकुत मुनाफा कमाउने ६१ वटा उद्योगले २२ अर्ब २६ करोड तिर्नुपर्ने भएपनि प्रधानमन्त्रीले बिचौलियाको प्रभावमा परेर विद्युत् लाइन जोड्न निर्देशन दिएको बताए ।

‘पहिलो र पछिल्लो अवधिको १४ अर्ब अदालतमा मुद्दा विचाराधीन छ । बाकी ८ अर्ब २६ करोड उठाउन आदेश र निर्णय गरेको छ । तर अटेर गरेपछि विद्युत् प्राधिकरणले लाइन काटेको छ’, उनले भने, ‘हिजो रोष्ट्रमबाटै प्रधानमन्त्रीले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्प्रयत्न गर्नुभयो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>