इच्छकामना

जलबिरे नजिकै माइक्रोबस दुर्घटना, तीन जना घाइते

०
Banner

चितवन, साउन ७–

चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

विहान ४ बजेको समयमा पूर्वी नवलपरासीको कावासोतीबाट काठमाण्डौ तर्फ जादै गरेको ग १ ख ९१५५ नम्बरको माईक्रो आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किदा माईक्रोमा सवार १७ जना मध्य ३ जना यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । माईक्रो चालक चितवनको माडी नगरपालिका–१ बस्ने बर्ष ३३ का नन्दलाल महतो प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा माइक्रोमा सवार कावासोति–५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल, उदयपुर गाईघाट नगरपालिका–१५ बस्ने १९ वर्षको जेनिस बस्नेत र माईक्रोको सहचालक कावासोती–८ बस्ने बर्ष ३६ को धनश्याम न्यौपाने घाइते भएका छन् । सहचालक न्यौपानेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>