राजनीति
बागमतीमा नयाँ सरकार गठन गर्न आह्वान
०

हेटौँडा, साउन ३ –
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दलहरुलाई साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेश गर्न आह्वान गरेका हुन् ।
आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको पहल थालिएको हो । प्रदेश प्रमुखले मुख्यमन्त्री जम्कट्टेलले दिएको राजीनामा स्वीकृत गर्दै अर्को सरकार गठन नहुन्जेल उनैलाई काम चलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसैबीच नयाँ सरकार गठनका लागि कांग्रेस र एमालले दावी गर्ने तयारी गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुर सिंह लामाको नेतृत्वमा सरकार गठन गर्नेगरी उनीहरुले दावी पेसको तयारी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























