खेलकुद
महिला एशिया कपः पाकिस्तानले टस जित्यो, नेपाल फिल्डिङ गर्दै
०

काठमाडौँ, साउन ६–
श्रीलंकाको दम्बुलामा जारी महिला एशिया कपमा दोस्रो खेलमा पाकिस्तानविरुद्ध नेपाल पहिले फिल्डिङ गर्ने भएको छ ।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो । आज नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सबनम राइ आज बाहिरिएका छन् भने रोमा थापा टिममा परेकी छन् ।
नेपाल पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै एशिया कपमा ऐतिहासिक जित निकालेको थियो । आजको खेलमा नेपाल जित हात पारेमा सेमीफाइनल प्रवेश गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























