राजनीति
कांग्रेस–एमालेलाई लिङदेनले भने– गल्ती सच्याउने अन्तिम मौका हो
०

काठमाडौं, साउन ६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा (एमाले)सामु गल्ती सच्याउने अन्तिम अवसर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले दुई दलको सहकार्यको नियत अझै पनि सत्ता मात्र रहेको टिप्पणी गरे ।
“राष्ट्रका लागि सोचेर सहकार्य गर्नुभएको हो भने तपाईंहरू (कांग्रेस र एमाले)का लागि गल्ती सच्याउने यो अन्तिम मौका हो,” लिङदेनले भने, “तर, यसको जगमा सत्ता मात्र छ । फेरि पनि तपाईंहरू मिलेर जानुस्, अरूलाई पनि सँगै लिएर जानुस्, शुभकामना ।”
उनले दुई दलबीचको सहमतिमा संविधान संशोधनसहितका विषय आएकाले समर्थन गर्ने ‘मुड’मा रहे पनि एमालेका महासचिवको अन्तर्वार्तापछि आफू त्यसबाट पछि हटेको स्पष्ट पारे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























