राजनीति
सुन्ने धैर्यता नभएर प्रधानमन्त्री विश्वासको मत मागेर संसदबाट बेपत्ता हुनुभयो
०

काठमाडौं, साउन ६-
प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत मागेर संसदबाट बेपत्ता बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुनासो गरेका छन् । प्रधानमन्त्रीले सबैको विचार र धारणा सुन्ने धैर्यता नराखेको उनको आरोप छ ।
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरुका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । मैलेमात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























