राजनीति
उपसभामुखबारे सदनमा रविः संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाऊँ

काठमाडौं, साउन ६-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा रानाको प्रतिरक्षामा उत्रेका छन् । उपसभापति मुछिएको विवादबारे संसदमा बोल्दै उनले संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाउन आग्रह गरे ।
उपसभामुखमाथि छानबिनका लागि आफ्नो पार्टी तयार रहेको तर अप्रमाणित विषयमा गम्भीर आरोप लगाउन नहुने उनको भनाइ छ ।
लामिछानेको भनाइः
सिंगो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिन संघर्ष गरेकी एउटा विषय आउनेवित्तिकै मानव तस्करको आरोप लगाउने रु यति निर्मम भयौं हामी रु कसमाथि आरोप लगाएका छौं एकपटक सोची त हेरौं । प्रमाणित भएको छैन । विषय उठेको छ । संसारले मानेको व्यक्ति हो उहाँ । उहाँले चलाएको संस्थामा केही लाखका लागि रुन पर्दैन । संसारका एक से एक संस्थाले एक वचनमा करोडौं डोनेसन दिएको उदाहरण छन् । पार्टीको कुरा होइन, विरोध गर्ने सिलसिलमा भुल्नुभयो कि । यही सदनमा मात्र नभएर सडकमा पनि भिसा माग्ने मान्छेहरु यहाँ हुनुहुन्न रु अहिलेसम्म प्राप्त भएको विवरणअनुसार उपसभामुखज्यूले भिसाका लागि समय मिलाइदिन गर्नुभएको अनुरोध हो । पदीय मर्यादाविपरीत भयो कि भनेर आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । हामी न्यायिक वा कुनै पनि छानविनका लागि तयार छौं भनेर विज्ञप्ति जारी गरेका छौं ।

























