राजनीति

स्टन्ट भनेको आँट, साहस विधि र न्याय हो: रवि लामिछाने

Banner

काठमाडौं, साउन ६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई ‘स्टन्ट गरिस्’ भन्नेहरूलाई जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले स्टन्ट भनेको आफूहरूको आँट, सुशासनको एजेन्डा र साहस भएको बताए ।

“जसलाई यहाँहरूले स्टन्ट भन्नुभएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको स्पष्ट पार्न चाहन्छु कि स्टन्टको पर्याय आँट, साहस, विधि हो र न्याय हो,” उनले भने ।

लामिछानेले सकेजति स्टन्ट गरेर देखाउन वर्तमान सरकारलाई आग्रह समेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>