राजनीति

उपसभामुख प्रकरणमा रास्वपाले भन्यो– आर्थिक लेनदेन भएको तथ्यगत आधार देखिँदैन

Banner

काठमाडौँ, साउन ६-

उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले औपचारिक धारणा सार्वजनिक गरेको छ । रास्वपाले उपसभामुख इन्दिराले दूतावासलाई लेखेको पत्र प्रकरणमा धारणा सार्वजनिक गर्दै अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको जिकीर गरेको हो ।

भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरु नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नेदेखिएको र कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाको भनाइ छ ।

उपसभामुख इन्दिराले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>