राजनीति
रास्वपा संसदीय दलको बैठक बस्दै
०

काठमाडौं, साउन ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ।
संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पेश गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको सेरोफेरोमा छलफल हुने पार्टीकी सचेतक निशा डाँगीले जानकारी दिइन्।
सदनमा प्रतिपक्षी दलको भूमिकामा रहने पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन्।
प्रतिनिधिसभामा रास्वपाका २१ जना सदस्य छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























