राजनीति
कांग्रेसको प्रतिनिधिसभाको प्रमुख सचेतकमा श्याम घिमिरे
०

काठमाण्डौँ, साउन ५-
नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित गरेका छन्।
सभापति देउवाले कांग्रेस संसदीय दल विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनित गरेका हुन्।
यसअघि प्रमुख सचेतक रहेका रमेश लेखक गृहमन्त्री भएसँगै शनिबार प्रमुख सचेतक पदबाट राजीनामा दिएका थिए। घिमिरे सिन्धुली–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























