राजनीति
काठमाडौंको न्युरोडमा स्थानीयद्धारा मेयर बालेन्द्रको पुत्ला दहन
०

काठमाडौं,साउन ४-
काठमाडौँ महानगरपालिका वडा नं २२ स्थित न्युरोडका स्थानीयले महानगरपालिका मेयर बालेन्द्र शाहको पुत्ला दहन गरेका छन्। न्युरोडमा महानगरपालिकाले फुटपाथ बढाउन थालेपछि विरोधमा उत्रिएका स्थानीयले शुक्रबार साँझ मेयर शाहको पुत्ला जनाएका हुन्।
शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो। केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो।
स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन्। उनीहरूले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए। काठमाडौँ महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























