राजनीति
जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छः प्रधानमन्त्री ओली
०

काठमाडौँ, साउन ४-
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिनुभयो ।
“जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते ९आइतबार० प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























