राजनीति

प्रधानमन्त्री ओलीलाई जसपा नेपालले विश्वासको मत दिने

Banner

काठमाडौँ, साउन ४-

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैछन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ ।’

उनले भोलि वा पर्सी संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताए । उनले भने, ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौँ, विश्वासको मत पनि दिन्छौँ तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>