राजनीति

मुकुल ढकाललाई वाहियात भन्दै स्वर्णिम भने- सडकका गँजेडीहरुलाई जवाफ दिइरहनु पर्दैन

Banner

काठमाडौं, साउन ४-

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले आरोप लगाएको बारे मुख खोलेका छन् । उपसभापति डा. स्वर्णिमले निष्कासित महामन्त्री ढकाललाई ‘गँजेडी’ संज्ञा दिदैँ मुख खोलेका हुन् ।

साथै वाग्लेले ढकालले लगाएको आरोप बारे पत्रकारले प्रतिक्रिया माग्दा ‘वाहियात’ बताएका छन् । हिजो एक कार्यक्रमपछि डा. वाग्लेलाई एक सञ्चारकर्मीले प्रश्न राखे, ‘के यो आरोप सही हो ?’ सिधै नकार्दै वाग्लेले भने, ‘त्यो वाहियात हो । यस्ता वाहियात कुराको मैले कुनै जवाफ दिइरहनु पर्दैन । हाम्रो प्रवक्ताले नै जवाफ दिइसक्नुभएको छ ।’

यस्तो गम्भीर आरोपमा पनि जवाफ नदिने रु भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘तपाईँ सडकका गँजेडीहरुले गरेका कानेखुसीको बारेमा‘ (जवाफ दिएर साध्य हुन्छ) ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>