समाचार

माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

Banner

काठमाडौं, साउन ४-

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा माटोको ढिस्कोले पुरिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

दूधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । तार जालीको पर्खाल लगाउने क्रममा उनी माटोको ढिस्कोले पुरिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>