राजनीति

शेखर कोइरालाले गरे कांग्रेसका महानगर सभापतिहरूसँग छलफल

Banner

काठमाडौं, साउन ४-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानअनुसार चार वर्षमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।

कांग्रेसले २०७८ मंसिर अन्तिम साता काठमाडौंमा १४ औं महाधिवेशन गरेको थियो । विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन हुनुपर्छ। त्यसैले २०८२ को मंसिर २४ गतेपछि महाधिवेशन हुनुपर्नेमा कोइरालाले जोड दिँदै आएका छन् ।

कोइरालाले शुक्रबार काठमाडौंमा विभिन्न ५ वटा महानगरका कांग्रेस सभापतिहरूसँग छलफल पनि गरेका छन्।

उनले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका छन्।

‘विधानअनुसार महाधिवेशन नभए पार्टी धरासायी हुन्छ र त्यसको असर आगामी चुनावमा देखिन्छ, त्यसैले समयमै महाधिवेशन गर्न चनाखो भएर लाग्नुपर्छ,’ कोइरालाको भनाइ छ।

कोइराला २०७८ मा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका थिए। उनी यसपटक एकैपटकु नारासहित प्रतिस्पर्धामा उत्रिएका थिए। तर उक्त नारालाई २०८० साउनमा बसेको समूहको छलफलले खारेज गरेको दाबी उनीहरूको छ।

कोइराला १५ औं महाधिवेशनमा पनि सभापति पदमा उठ्ने तयारीमा छन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार काठमाडौं महानगर सभापति निलकाजी शाक्य, ललितपुर महानगर सभापति सुवानन्द धाख्वा, भरतपुर महानगर सभापति चित्रसेन अधिकारी, विराटनगर महानगर सभापति दीपक चापागाई र वीरगञ्ज महानगर सभापति मनिन्द्र नेपालीसँग कोइरालाले छलफल गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>