चितवन विशेष
सिमलताल दुर्घटनाः थप एउटा शव फेला, शवको संख्या २१ पुग्यो
०

चितवन, साउन ४-
सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ। विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल र भारतको सिमानामा रहेको गण्डक व्यारेज पुलको १० नम्बर ढोकामा बिहीवार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
बिहीवार नै भरतपुर महानगरपालिका–२६ सिसुवारमा दुई पुरुषको शव फेला परेको थियो । यससँगै हालसम्म फेला परेका शवको संख्या २१ पुगेको छ । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ भने सात वटा शवको सनाखत हुन बाँकी छ ।
काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बस गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























