चितवन विशेष

सिमलताल बस दुर्घटनाः १४ यात्रुको शव सनाखत

Banner

चितवन, साउन २-

सिमलताल दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका १४ जनाको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटना भएको छैटौँ दिनसम्म भेटिएका १८ शवमध्ये १४ जनाको सनाखत भएको हो ।

सनाखत भएका मध्ये चार जना भारतिय नागरिक रहेका छन् । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोले काठमाडौँबाट गौर जाँदै गरेको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । जसबाट ६२ जना यात्रु बेपत्ता भएका थिए । दुवै बसमा गरी कम्तिमा ६५ यात्रु सवार रहेकामा तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।

घटनास्थलबाट करिब १०३ किमी तल गण्डक व्यारेजसम्म पनि यात्रुका शव भेटिएका छन् । सुरक्षाकर्मीले घटना लगत्तै बेपत्ता बस र यात्रुको खोजि कार्य जारी राखेपनि दुई बस र ४४ यात्रु अझै फेला पर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>