राजनीति
शशांक कोइरालाले भने- म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु
०

काठमाडौं , साउन २-
नेपालको प्रधानमन्त्री महिला भएको हेर्ने चाहाना रहेको नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बताएका छन् ।
पार्टी निकट महिला संघको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म महिला प्रधानमन्त्री भएको हेर्न चाहन्छु, आउँदो दिनहरूमा महिला प्रधानमन्त्री पनि बन्ने देखेको छु। महिला प्रधानमन्त्री हुँदा महिलाको मात्रै होइन पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ।’
उनले महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता गराउनुपर्नेमा जोड दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























