चितवन विशेष

सिमलतालमा पहिरोः अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदल घटनास्थलमा

Banner

चितवन, साउन २-

गृह मन्त्रालयले सिमलतालमा पहिरोले दुई वटा बस बगाएको घटनामा अध्ययन गर्न बनाएको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल आज (बुधबार) बिहान सिमलताल पुगेको हो।

उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गर्ने छन् । गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>