चितवन विशेष

राप्तीको भण्डारामा कन्टेनर ट्रकसँग कार ठोक्किदा कार चालक घाइते

Banner

चितवन, साउन २-

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारा चोकमा आज बिहान करिब ५ बजेको समयमा कन्टेनर ट्रक र कार आपसमा ठोक्किएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना ७ ख ७० नम्बरको कन्टेनर ट्रकको दाहिने साइडमा विपरित दिशाबाट आइरहेको बा प्र ०१–०२८ च ९४४० नम्बरको कार ठोक्किएको हो ।

ठक्करबाट कार चालक भरतपुर महानगरपालिका–१० बस्ने अन्दाजी ४६ वर्षीय भक्त गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइते चालकको टाउको, हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको भण्डारा प्रहरीले बताएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>