चितवन विशेष

चितवनको माडीमा गैंडाको आक्रमणबाट एक जना घाइते

Banner

चितवन, साउन २-

चितवनको माडी नगरपालिका–८ खरकट्टामा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

सिन्धुली घर भई माडी–८ शिव द्वारस्थित मगर होमस्टेमा काम गर्ने वर्ष ४० को साइला भन्ने मिलन लामालाई आज बिहान साढे ३ बजे स्थानीय रामचन्द्र ढकालको खेतमा आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट परी घाइते भएका लामाको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । लामाको छातिको बायाँपट्टि गहिरो चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता रिजालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>