राजनीति

२० औँ पटक मन्त्री बने शरदसिंह भण्डारी

Banner

काठमाडौं,असार ३१-

वि.सं.२०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

यस्तोमा एमाले र कांग्रेसको गठबन्धनलाई पनि महन्थ ठाकुर नेतृत्वको लोसपाले साथ दिएको थियो । त्यही साथको गुन तिर्दै नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री पद लोसपालाई दिएका हुन् । लोसपालाई ओलीले गुन तिर्दा अध्यक्ष महन्थ ठाकुरले शरदसिंहलाई नै फेरि मन्त्री बनाएका हुन् । उनी फेरि श्रममन्त्री बनेका हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा डोलप्रसाद अर्याल श्रम मन्त्री थिए।

वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ । उक्त पुस्तकमा रहेको मन्त्रिमण्डलको सूचीअनसार भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी २०७५ सम्मै १७ पटक मन्त्री बनिसकेका छन् ।

उनी त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि अहिले ओली नेतृत्वको गरी २० औँ पटक मन्त्री बनेका छन् । भण्डारी पहिलो पटक २०४३ असार २ मा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए । त्यसयता उनले ११ वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>