राजनीति

मुकुल ढकालले कुटाई खानेदेखि गिरफ्तारसम्मको योजना बनाउँदैछन्ः मनिष झा

Banner

काठमाडौं,असार ३०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै झाले मुकुल स्पष्ट रूपमा अरुबाट परिचालित भएको देखिएपछि कारबाही भएको दाबी गर्दै सारा योजना असफल भएपछि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका हुन् ।

‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ,’ झाले लेखेका छन् । मुकुलमाथि पत्रकार सम्मेलन गर्दा ‘साराले गाली गरेको’ समेत झाको दाबी छ । यस्तै शनिबार सार्वजनिक भएको एक अन्तर्वार्ता गरेर झुठमाथि झुठ बोलेको पनि उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए।’ ‘अब मलाई कुट्न आँटे’ भनेर हल्ला मच्चाउँदै उपसभापति स्वर्णिम वाग्लेमाथि आरोपित गरेको पनि झाले लेखेका छन् । ‘स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुलजी पुगेछन,’ उनले लेखेका छन् ।

यस्तै मुकुलका सम्भावित योजना भनेर पनि झाले पाँचवटा कुरा उल्लेख गरेका छन् । जसमा पहिलो जिल्ला जाने, अन्टसन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र रवि र स्वर्णिमले मान्छे लगाएर कुटाए भन्ने, दोस्रो कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने, तेस्रो महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने, चौथो फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने, पाँँचौं अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने रहेको झाले उल्लेख गरेका छन् । मुकुलको परिवारलाई उनको राम्रो हेरचाह गर्न भन्दै झाले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>