राजनीति

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ: रवि लामिछाने

Banner

काठमाडौं, असार ३०-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयको कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् ।

प्रचण्ड सरकार ढलेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतबार विदाइ कार्यक्रम राखेका थिए । गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित कार्यक्रममा लामिछानेले ठूला दलहरु मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी गरे ।

कतिपय फरार अभियुक्त पक्राउ परेसँगै धेरै कुरा बाहिर आएको भन्दै उनले भने, ‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिर्वतनसँगै सामसुम देखिन्छ । नेपाल प्रहरीले र सीआईबीले दतारुकताका साथ काम गरोस् ।’

भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै उनले मन्त्रिपरिषद्बाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको लामिछानेले उल्लेख गरे । उनले अगाडि भने, ‘अडियो, अरु थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए । अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाईंहरुको हात नकामोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>