राजनीति

शेखर–गगन समूहले माग्यो ४ मन्त्री

Banner

काठमाडौंअसार ३०-

नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले आफ्नो समूहले कम्तीमा चार मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेको छ । आज बसेको इतर पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०र४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी सभापति शेरबहादुर देउवासँग कम्तीमा चार मन्त्री माग गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

उनले भने, ‘हामीले परम्परागत रूपमा राख्दै आएको माग राखेका छौं । छलफलमा यो समूह ऊ समूहभन्दा पनि उपयुक्त व्यक्ति चयन गर्नुपर्छ भनेका छौं । शेखरजीले ५ मन्त्रालय चाहिन्छ भन्नुभएको रहेछ । तर, हामीले कम्तीमा चार चाहिन्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>