राजनीति

स्वर्णीमले कुट्छु भनेर धम्की दिएको भन्दै मुकुलले गुहारे प्रहरी

Banner

काठमाडौँ, असार ३०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्तीमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेकोबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले स्वर्णिमको सचिवालयबाट फोन गर्दा आफूले नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेर धम्की आएको उनले दाबी गरेका हुन् ।

यसबारे आफूले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको उनले उल्लेख गरेका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन‘ लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

यसअघि उनले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा स्वर्णिमलाई विभिन्न गम्भीर आरोप आरोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>